२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

विराटनगर किङ्सद्वारा एसिसी प्रिमियर कप विजेता टोलीलाई पुरस्कार, खेलाडीलाई जनही ५० हजार

images

  • २०८३ भदौ २९, सोमबार
  • 451
    SHARES
  • विराटनगर किङ्सद्वारा एसिसी प्रिमियर कप विजेता टोलीलाई पुरस्कार, खेलाडीलाई जनही ५० हजार

    विराटनगर किङ्सद्वारा एसिसी प्रिमियर कप विजेता टोलीका प्रत्येक खेलाडीलाई ५० हजार पुरस्कारको घोषणा

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ५०–५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ भने विराटनगर किङ्स तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलिई भने १ लाख घोषणा गरेको छ।  

    विराटनगर किङ्सले आज आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै विजेता टोलीका खेलाडी तथा टोलीका सदस्यहरूलाई उक्त रकम दिने निर्णय गरेको जनाएको हो। राष्ट्रिय टोलीले देखाएको उत्कृष्ट प्रदर्शन र हासिल गरेको ऐतिहासिक सफलताको सम्मानस्वरूप यो प्रोत्साहन रकम घोषणा गरिएको टोलीले बताएको छ।

    शनिबार सम्पन्न फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि कब्जा गरेको थियो। यस जितसँगै नेपाल लगातार दोस्रोपटक एसिया कपका लागि छनोट हुन सफल भएको छ।

    May be an image of basketball and text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ