२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से परिसूचकमा लगातार वृद्धि, बीमा उपसमूह अग्रस्थान

images

  • २०८२ मंसिर ८, सोमबार
  • 861
    SHARES
  • नेप्से परिसूचकमा लगातार वृद्धि, बीमा उपसमूह अग्रस्थान

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि भएको छ। आइतबारको सकारात्मक कारोबारलाई निरन्तरता दिँदै सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.८४ अंक, फ्लोट इण्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंकले वृद्धि भएको छ।  

    कारोबार रकम पनि आज बढेको छ। ३३० कम्पनीको ७९ हजार ७ सय १४ पटकको कारोबारमार्फत १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ नाघेको छ, जुन आइतबारको तुलनामा अलिकति बढी हो।  

    आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीज रहेका छन्।  त्यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको मूल्य करिब ८.५ प्रतिशतले बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको मूल्य ८ प्रतिशतले बढेको छ। यस्तै, माबिलुङ्ग इनर्जीको मूल्य ४.४४ प्रतिशतले घटेको छ।  

    कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा २४ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब २४.५ करोड रुपैयाँको कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २० करोड रुपैयाँभन्दा बढी पुगेको छ।  

    आज १३ वटै उपसमूहमा वृद्धि भएको छ, जसमा जीवन बीमा उपसमूह सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहमा १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ