२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड रुपैयाँ

images

  • २०८३ असोज २७, मंगलबार
  • 246
    SHARES
  • नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड रुपैयाँ

    काठमाडौं : साताको कारोबारका क्रममा आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले उकालो लागेको छ। नेप्से ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा पुगेको हो। बजारमा परिसूचक बढे पनि अधिकांश कम्पनीको सेयर मूल्यमा भने गिरावट देखिएको छ।

    आज मंगलबार कुल १०४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। आज मंगलबार सेयर बजारमा कारोबार रकम सोमबारको तुलनामा बढेको छ। अघिल्लो दिन ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अगाडि रहेका छन्। आज सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य १२.४४ प्रतिशतले बढेको छ भने स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ