काठमाडौँ : साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से झिनो अंकले बढेर बन्द भएको छ। नेप्सेसंगै कारोबार रकम पनि बढेको छ। आज नेप्से परिसूचक २.३१ अंकको बढेर २ हजार ५ सय ७४ दशमलव ६५ विन्दुमा पुगेको हो।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ। आज ५ वटै उपसमूहका परिसूचक घटेको छ भने ८ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज १ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ र १ सय २७ कम्पनीको शेयर मूल्य घटेको छ तथा ११ कम्पनीको शेयर मूल्य स्थिर छ।
यसगरी, आज घलेम्दी हाइड्रोको २६ करोड ६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १९ करोड २३ लाख रुपैयाँ र पिपुल्स हाइड्रोपावर कम्पनीको १४ करोड ९ लाख रुपैयाँ शेयर कारोबार भएको छ। साथै, आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सर्वाधिक १५ प्रतिशत बढेको छ भने आरबिबि म्युचुअल फण्ड २ को शेयर सर्वाधिक ८.०७ प्रतिशतले गिरावट आएको छ।
यस्तै, आज बुधबार ३ सय ५४ कम्पनीको ४३ हजार ८ सय १२ पटकको कारोबारमा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ३३ हजार ६ सय ३६ कित्ता शेयर कारोबार भएको छ भने हिजो मंगलबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।



