काठमाडौँ : मलेसियामा जारी एसीसी यू-१९ महिला एशिया कप क्रिकेटमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमै पुरा गर्दै सहज जीत हासिल गर्यो।
नेपालको जितमा कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४७ रन जोडिन्। त्यसअघि सोनी पाख्रिनले १३ रन र ओपनर सना प्रवीनले १० रनको योगदान गरे। नेपालले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो, जसले जितलाई सहज बनायो।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। पाकिस्तानका कोमल खानले सर्वाधिक ३८ रन बनाइन्।
यस जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालको अर्को खेल भोलि भारतसँग हुनेछ।



