२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

२२६ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डविरुद्ध भारतकोऐतिहासिक जित, रच्यो इतिहास

images

  • २०८३ कात्तिक ५, बिहीबार
  • 241
    SHARES
  • २२६ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डविरुद्ध भारतकोऐतिहासिक जित, रच्यो इतिहास

    न्यूजिल्याण्ड: भारतले न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ। घरेलु टोली न्यूजिल्याण्डले दिएको २२६ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै ४ विकेटको जित दर्ता गरेको हो।

    यसअघि सन् २०२३ मा अस्ट्रेलियाविरुद्ध २ सय ९ रनको लक्ष्य पूरा गर्दै भारतले टी-२० अन्तर्राष्ट्रियमा आफ्नो सर्वाधिक सफल रन चेजको कीर्तिमान बनाएको थियो। यस जितसँगै भारतले टी–२० क्रिकेटमा नयाँ इतिहास रचेको छ।

    भारतले पहिलोपटक यति ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै जित हासिल गरेको हो। भारतको ऐतिहासिक जितमा सञ्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्दै ६७ रन बनाए। त्यस्तै, नमन धीरले अविजित ४२ रनको योगदान दिए भने कप्तान श्रेयस अय्यरले पनि ४२ रन जोड्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

    विशाल लक्ष्य पछ्याउने क्रममा भारतीय ब्याटरहरूले आक्रामक प्रदर्शन गरेका थिए। । सामसनको उत्कृष्ट पारी, अय्यरको जिम्मेवार ब्याटिङ र नमन धीरको अविजित योगदानले भारतलाई लक्ष्यसम्म पुर्‍याएको हो । ४ विकेटको रोमाञ्चक जितसँगै भारतले टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ। 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २५ रनको उच्च स्कोर बनाएको थियो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४० बलमा ८२ रनको अविजित इनिङ्स खेल्दा फिन एलनले ४५ रन बनाए का थिए। त्यस्तै, टिम सेफर्टले २४ रन बनाउँदा ड्यारी मिचेलले २८ रन बनाएका थिए। त्यस्तै, बेभन ज्याकब्सले ३१ रन बनाएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ