२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

विराटनगर ९२ रनमा अल आउट, सुदूरपश्चिमको सानदार विजयी सुरुवात 

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.7K
    SHARES
  • विराटनगर ९२ रनमा अल आउट, सुदूरपश्चिमको सानदार विजयी सुरुवात 

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई ९० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।

    सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य विराटनगरले मात्र ९२ बनाएका थियो। विराटनगरका लागि बसिर अहमदले २४ रन, राजेश पुलामीले १५ रन, अनिल खरेलले १० रन बनाएका थिए भने भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले समान ३/३ विकेट तथा इशान पाण्डे, सैफ जैब र ब्राण्डन म्याकमुलेनले समान १/१ विकेट लिएका थिए।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएका थियो। कप्तान ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन्। 
     
    सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ५७ रन र ब्राण्डन म्याकमुलेनले ३६ रन बनाएका थिए। ऐरीले २४ बलमा ५७ रन बनाएका थिए। यस्तै, बिनोद भण्डारीले २३ रन, इशान पाण्डेले २१ रन, सैफ जैबले १४ रन तथा स्कटले १० रन बनाएका थिए।

    बलिङमा विराटनगरका लागि अनिल खरेलले ३ विकेट तथा क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ