काठमाडौँ : अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितलाई लिएर इरानले आफ्नो धारणा सार्वजनिक गरेको छ। सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले ह्वाइटहाउसमा जो आए पनि इरानलाई फरक नपर्ने बताइन्।
इजरायलसँगको तनावपूर्ण सम्बन्धका बीच इरानले अमेरिकी राजनीतिक परिवर्तनले आफ्नो जीवनमा प्रभाव नपर्ने दाबी गरेको छ। उनले भनिन्, "अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो जनतामा कुनै प्रभाव पार्दैन। अमेरिका वा इरानको सरकार परिवर्तनले हाम्रो दीर्घकालीन नीतिमा असर गर्दैन।"
सन् २०१६ मा ट्रम्पले इरानसँग भएको आणविक सम्झौताबाट अमेरिका पछि हटाएका थिए, जसले दुबै देशबीच तनाव बढाएको थियो। तेहरानका एक विद्यार्थीले समाचार एजेन्सी एपीसँग भने, "ट्रम्पको पुन: विजय भएमा इरानमाथिको प्रतिबन्ध कडा हुने सम्भावना छ। यसले हाम्रो अर्थतन्त्र र समाजिक अवस्थामा थप चुनौती उत्पन्न गर्नेछ।"



