२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रौतहटमा आगलागी: आठ घर जलेर नष्ट

images

  • २०८१ पुस १५, सोमबार
  • 2.3K
    SHARES
  • रौतहटमा आगलागी: आठ घर जलेर नष्ट

    काठमाडौँ : रौतहटको राजदेवी नगरपालिका-५, पासवान टोलमा गएराति आगलागी हुँदा आठवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राति करिब २:१५ बजे स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट सल्किएको आगोले ठूलो क्षति पुर्‍याएको हो।

    आगलागीका कारण जगतनाथ पासवान, बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार घटनामा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    घटनास्थलमा प्रहरी, गौर नगरपालिकाको दमकल, सशस्त्र प्रहरीको टोली र स्थानीयवासीको सक्रियतामा बिहान ३:३० बजे आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

    आगो निभाउन प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रले समयमै सहयोग गरेका थिए। आगलागीको कारण थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ