२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून आवश्यक छ : शिक्षामन्त्री भट्टराई

images

सत्कार खबर
  • २०८१ भदौ १५, शनिबार
  • 616
    SHARES
  • पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून आवश्यक  छ : शिक्षामन्त्री भट्टराई

     काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले पुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताउनु भयो । उहाँले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताउनु भयो ।

    उहाँले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरु गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताउनु भयो ।

    उहाँले इ.लाइबेरीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।   मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ