२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एशिया कप : श्रीलंकाको ऐतिहासिक उपाधि जित

images

सत्कार खबर
  • २०८१ साउन १३, आइतबार
  • 761
    SHARES
  • एशिया कप : श्रीलंकाको ऐतिहासिक उपाधि जित

     काठमाडौं :भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हराएको थियो ।

    भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।

    यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् ।

    श्रीलङ्काले पहिलो पटक उपाधि जितेको हो । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेको श्रीलङ्का उपविजेतामै सीमित भएको थियो । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेको छ । सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ