२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फिफा विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित

images

  • २०८१ जेठ २५, शुक्रबार
  • 546
    SHARES
  • फिफा विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित

    काठमाडौँ : फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ। साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा  युएईले  नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो।

    युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो। युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे।

    अल्मुशरखले खेलको १२ औँ र १४ औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३ औँ र अब्बासले ७५ औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो। जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ। पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्क बिहीन छ। नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ