२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले सिंगापुरसँग खेल्दै

images

  • २०८० कात्तिक १३, सोमबार
  • 606
    SHARES
  • टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले सिंगापुरसँग खेल्दै

    कात्तिक १३, काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाली ८ देश सहभागी छन्। ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।

    छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ। 

    नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ र खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ। यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ। 


    नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ