काठमाडौं : सरकारले वैदेशिक रोजगारबाट फर्किने नेपाली नागरिकलाई थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको हो । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।
यसअघि विदेशबाट फोन ल्याउँदा खेरी आफूले चलाइरहेको मात्र फोन ल्याउन पाइन्थ्यो तर अर्को मोबाइल ल्याएमा १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो। त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई तत्काल लागु नगर्न निर्देशन दिएका थिए।
मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।



