२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाललाई पहिलो सफलता

images

सत्कार खबर
  • २०८० असोज १६, मंगलबार
  • 731
    SHARES
  • नेपाललाई पहिलो सफलता

    असोज १६, काठमाडौं : चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका हुन्।

    दीपेन्द्रले आक्रामक सुरुवात गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन्। दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ