असोज १३, काठमाडौं : एसियन गेम्स २०२३ अन्तर्गत ई-स्पाेर्ट्स विधामा भइरहेकाे पब्जी माेबाइल प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलबाट बाहिरिएको छ। हाङचउ ई-स्पोर्टस सेन्टरमा आज सम्पन्न सेमिफाइनलको समूह-एमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो।
सोसँगै पब्जी मोबाइलमा पदक जित्ने नेपालको सम्भावना समाप्त भएको छ। यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गरे। नेपाल समूहमा तेस्रो स्थान आसिल गर्दा जापान परछारा रहँदै बाहिरियो।
हङकङ टिमले ५१ मिनेट ०९.९८३ सेकेन्डमा गेम पूरा गर्यो भने नेपालले ५४ मिनेट ०४.८४२ सेकेन्ड गेम पूरा गर्यो। त्यस्तै गेम पूरा गर्न प्यालेस्टाइनी टिमले एक घन्टा ४९.५२७ सेकेन्ड र साउदी टिमले एक घन्टा तीन मिनेट ४५स:१०७ समय लगायो। फाइनलको खेल भोलि अर्थात अक्टोबर १ मा हुँदैछ।
एसियन गेम्समा नेपाली टिमको प्रतिनिधित्व गर्दै सुबिन कुमार प्रजापति (रुल्ज), दिपेश गुरुङ (डेल्टाएक्स) साहस भण्डारी (किलर वाइटी) र समिर गुरुङ(ग्यान्टे)ले खेलेका थिए।



