असोज ४,काठमाडौं :शिक्षकहरूको आन्दोलनका कारण खोला किनार (करिडोर)का सडकमा समेत अत्यिधक जाम बढेको छ ।
विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले माइतीघर(नयाँबानेश्वर सडकमा प्रदर्शन गरेकाले यातायात अवरुद्ध भएको छ । त्यसैले यी सडक भएर चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले अन्य सडक प्रयोग गर्न भनेको छ र नयाँ बानेश्वर चोक र माइतीघरबाट डाइभर्सन गरेको छ ।
त्यसैले बागमती करिडोर, धोबिखोला करिडोर, मनोहरा करिडोर आदि करिडोर सडकमा सवारी साधनको अत्यधिक चाप देखिएको छ ।



