२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हाल्यान्डको ह्याट्रिकमा सिटीको सानदार जित

images

  • २०८० भदौ १७, आइतबार
  • 721
    SHARES
  • हाल्यान्डको ह्याट्रिकमा सिटीको सानदार जित

    भदौ १७, काठमाडौं : एर्लिङ हालान्डको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फूलहमलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ।

    सिटिलाई जित दिलाउन इर्लिङ हाल्याण्डले ह्याट्रिक गर्दा जुलियन आल्भारेज र नाथान बेन्जामिनले एक एक गोल गरेका थिए। जितसँगै अपराजित सिटी लिगको शीर्ष स्थानमा छ।

    जितसँगै लिग लिडर सिटीले चार खेलमा १२ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। फुलहम भने चार अंकसहित १३ औँ स्थानमा छ । त्यस्तै, अर्को खेलमा चेल्सीले नटिङ्घम फरेस्टविरुद्ध १–० को अप्रत्यासित हार बेहोर्‍यो।

    अर्को खेलमा ब्रेन्टफोर्ड र बर्नमाउथ तथा फिल्ड युनाइटेड र एभर्टनले २–२ गोलको बराबरी खेल्दै अंक बढेका छन्। भने टोटेनहमले बर्नेलीलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्‍यो।

    प्रिमियर लिगमा आज क्रिस्टल प्यालेस र वुल्भ्स, लिभरपुल र एस्टोन भिल्ला तथा आर्सनल र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्ने छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ