भदौ १६, काठमाडौं : एसिया कपअन्तर्गत आज शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ।
भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो। अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो।
एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले आज पहिलो खेल खेल्न लागेको हो। एसिया कपमा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।



