२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शन हुने

images

सत्कार खबर
  • २०८० वैशाख २२, शुक्रबार
  • 496
    SHARES
  • चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शन हुने

     काठमाडौं: बहुपति प्रथामाथि निर्माण गरिएको फिल्म ‘टुल्की’ प्रदर्शनमा आउने भएको छ । आगामी वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको हो । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको हो । फिल्म डोल्पामा खिचिएको हो ।

    देव थापा निर्देशित फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

     शेखर लामाको प्रस्तुती र आरपी कर्माचार्य तथा उजेली लामा निर्माता रहेको फिल्ममा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन, लक्ष्मण सुनारको कथा, शेखर लामाको पटकथा, तारा थापा ‘किम्भे’को सम्पादन, सन्जिव सुब्बाको पार्श्र्व संगीत, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ