साउन १७ ,काठमाडौं :नेपाली बजारमा सुनको मुल्य ६ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख १३ हजार रुपैयाँ पुगेको थियो।सुनको मूल्य घटेसँगै चाँदीको मुल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला १४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।मंगलबार चाँदी १४७५ रुपैयाँमा कारोबार भएको थियो।



