२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

किसानका मागलाई व्यवहारमा पूरा गर्नुपर्छ: जीतजंग बस्नेत

images

  • २०८० साउन १६, मंगलबार
  • 1.2K
    SHARES
  • किसानका मागलाई व्यवहारमा पूरा गर्नुपर्छ: जीतजंग बस्नेत

     साउन १६,काठमाडौं :नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले किसानका मागलाई व्यवहारमा पूरा गर्नुपर्ने  बताउनु भएको छ । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति परिचयात्मक कार्यक्रममा नेता बस्नेतले यस्तो बताउनु भएको हो । किसानका हक र अधिकारहरू नारामा सीमित रहेको  उहाँको भनाई छ । 

    नेता बस्नेतले सरकार कालोबजारी नियन्त्रणमा उदासीन रहेको समेत आरोप लगाउनु भयो ।  सरकारले किसानका पक्षमा काम गर्न नसक्ने हो भने कांग्रेसले सरकार छोड्नुपर्ने नेता बस्नेतले बताउनु भयो । 

    बस्नेतले भ्रष्टाचार बिरोधी अभियानमा कांग्रेस सरकारमा हुँदा वा नहुँदा बुलन्द आवाज उठाउँदै आएको पनि बताउनु भएको छ । 
    ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले किसान महासंघ ललितपुरलाई किसानहरूको हकहित र अधिकारमा काम गर्दा पार्टीबाट चाहिने जस्तो सुकै सहयोग प्राप्त हुने बताउनु भयो  । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ