साउन १६,काठमाडौं : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउन सम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्ने छ। उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो।
यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको हो।



