२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

images

  • २०८० साउन १६, मंगलबार
  • 1.2K
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    साउन १६,काठमाडौं :मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०.३५ प्रतिशतको वृद्धि देखियो ।

    मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    मंगलबार होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो । सिक्लेस हाइड्रोपावर, बीओके डिभेञ्चर, एनएमबी ५० सहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

    किसान लघुवित्त, हिमालयन लघुवित्त, प्रोग्रेसिभ फाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । अपर तामाकोशीको मंगलबार धेरै कारोबार भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ