२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु :वर्षमान पुन

images

  • २०८० साउन १५, सोमबार
  • 1.2K
    SHARES
  • सुन प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु :वर्षमान पुन

    साउन १५,काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताउनु भएको छ। सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यस्तो बताउनु भएको हो। 

    आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्बिरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको  उहाँको भनाई छ। उहाँले  सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताउनु भयो।

    उहाँले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरी प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानविनका लागि आफू तयार रहेको बताउनु भएको छ।

    सुन प्रकरणलगायत कुनै पनि प्रकरणमा दोषीदेखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उहाँको भनाई छ। उहाँले पदाधिकारी बैठकमा पनि आफूले छानविन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनु भयो। 
     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ