२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से एकल अंकले वृद्धि, कारोबार रकम निरन्तर ओरालो

images

  • २०८० साउन १५, सोमबार
  • 1.2K
    SHARES
  • नेप्से एकल अंकले वृद्धि, कारोबार रकम निरन्तर ओरालो

    साउन १५ काठमाडौं : सोमबार नेप्से एकल अंकले वृद्धि भएको छ ।सोमबार बजार परिसूचक नेप्से ५.८४ अंकले वृद्धि हुँदा २१०६.१८ को विन्दुमा बन्द भएको छ।

    सोमबार नेप्सेमा १३ वटा उपसूचक मध्ये व्यापार उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.२६ प्रतिशतले बढेको छ। यस्तै बजारलाई लिग गर्ने बैंकिङ उपसूचक पनि ०.७४ प्रतिशले बढेको हो। यता हाइड्रोपावर, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने गिरावट भएको छ।

    हाइड्रोपावर उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.१० प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.०५ प्रतिशतले घटेको छ। सूचीकृत कम्पनीले गत आर्थिक वर्षका वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकोले लगातीकर्ता पर्ख र हेरको अवस्थामा छन्।  जसले बजारमा कारोबार रकम घटेर २ अर्बबाट तल झरेको छ। मौद्रिक नीति आएको गत सातको आइतबार र सोमबार लगातार ४ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबारदेखि कारोबार रकम घट्दै गएको थियो। कारोबार रकम घट्दो भएपनि १४ साउन आइतबार साढे २ अर्बमाथिको कारोबार भएको थियो। तर, सोमबार भने नेप्सेमा ४० हजार ३०३ वटा कारोबारमा ५५ लाख ३१ हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ।

    जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ९ लाखको कारोबार हुँदा सोल्टी होटलको ५ करोड ४८ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १११ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ।

    त्यस्तै ९९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ। सोमबार कारोबार भएकामध्ये बलेफी हाइड्रोपावरको सेयरमूलय सर्वाधिक ५.७९ प्रतिशतले वृद्धि हुँदा विशाल बजार कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले बढेको छ। यस्तै, सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ७.१० प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया फ्लेक्स क्याप फण्डको इकाइमूल्य ३.७१ प्रतिशतले वृद्धि भएको छ।

    वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.३१ प्रतिशतले गिरावट हुँदा एशियन हाइड्रोपावरको सेयरमूल्य ३.७४ प्रतिशत र मेच्छियाम हाइड्रोपवारको सेयरमूल्य २.९५ प्रतिशतले गिरावट भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ