२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

images

  • २०८० साउन १५, सोमबार
  • 1.2K
    SHARES
  • सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता


     साउन १५,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता  जनाउनु भएको छ ।

    सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएको हो ।  अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डले बताउृनु भएको छ ।

    साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो ।

    सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ । राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धान अगाडि बढाएको छ ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ