साउन १४, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताउनु भएको छ। आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो।
भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ। यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको बताउनु भयो।
लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि उहाँको भनाई छ।उहाँले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने दाबी गर्नु भयो।



