साउन १४, काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो। कोशी प्रदेशमा नयाँ सरकार गठन र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।



