२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनी विकास बैंकको नाफामा सामान्य गिरावट हुँदा वितरणयोग्य मुनाफा कति ?

images

  • २०८० साउन १२, शुक्रबार
  • 1.4K
    SHARES
  • लुम्बिनी विकास बैंकको नाफामा सामान्य गिरावट हुँदा वितरणयोग्य मुनाफा कति ?

    साउन १२, काठमाडौं : लुम्बिनी विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो विकास बैंक बनेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य गिरावट आएको छ।

    बैंकले असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशत कम हो।

    बैंकको ब्याज आम्दानी बढेपनि नाफा भने गिरावट आएको छ। बैंकको नाफा गिरावट आउनुको मुख्य कारण भनेको बैंकको इम्पेरमेन्ट चार्ज बढ्नु देखिन्छ, तर यो गिरावटलाई सामान्य मान्य सकिन्छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत  बढेको देखिन्छ। यस वर्ष मात्रै कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो। फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको देखिन्छ। फि तथा कमिसन आम्दानी बढेर १५ करोड ४१ लाख नाघेको छ। 


    त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.७० प्रतिशत घटेको छ। निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो। 

    बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी, गत आर्थिक वर्षको असार मसान्तसम्ममा घटेर १८ रुपैयाँ ११ पैसामा झरेको छ। 

    असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ