२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारको ओरालो यात्रा रोकिएन , बिहीबार पनि २९.७१ अंकको गिरावट

images

  • २०८० साउन ११, बिहीबार
  • 681
    SHARES
  • सेयर बजारको ओरालो यात्रा रोकिएन  ,  बिहीबार पनि २९.७१ अंकको गिरावट

     साउन ११,काठमाडौं: बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो । यो १.३७ प्रतिशतको गिरावट हो। बिहीबार २७१ धितोपत्रको ४४ हजार ६७२ वटा कारोबारबाट ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ।

    बिहीबार कारोबार रकम २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबर भएको छ। बिहीबार सबै उपसूचक ओरालो लाग्दा राताम्य देखिए।

    एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्तसहितका धितोपत्रको मूल्य बिहीबार धेरैले बढेको छ।

    किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाइड्रो, मिथिला लघुवित्त, बरुण हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ। शिवम् सिमेन्टको धेरै कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ