साउन ९,काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमा सीमित भएको बताउनु भएको छ। बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।
आरोप प्रत्यारोप किन कसरी भयो बारे विषयमा प्रवेश गर्न नचाहने बताउदै नेता कोइरालाले बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताउनु भयो।
‘फेसबुक लाइभ गर्यौं कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला। म राम्रो नराम्रो अहिले भन्न सक्दिन’, कोइरालाले भने,‘म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो। केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ। बाहिर आउनु हुदैन।’संस्थापनइतर पक्षका नेताहरु सहभागी कार्यक्रममा महामन्त्री गगन थापा भने उपस्थित हुनु भएन।



