साउन ९,काठमाडौं : एक क्विन्टल सुन प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी फेरिएको छ।
एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मा दिएको छ। पोखरेल विगत २ महिनादेखि विदामा रहेका छन्।
सरकारले पाण्डेलाई केही दिनअघिमात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए।



