२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउछ : अर्थमन्त्री महत

images

  • २०८० साउन ८, सोमबार
  • 1.4K
    SHARES
  • नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउछ  : अर्थमन्त्री महत

    साउन ८,काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ। सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो व्यक्त गर्नु भएको हो। उहाँले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताउनु भयो। 

    उहाँले  आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताउनु भयो। अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उहाँको भनाई छ। 

    उहाँले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताउनु भयो। महत्तले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबी समेत गर्नु भयो सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको उहाँको भनाई छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ