साउन ७,काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ। आज आइतबार बिक्री प्रवन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको हो । बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १० हजार ११५ जनाले सेयर पाएका छन्।
जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।
बाँकी १० लाख ४७ हजार ३०५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सो आइपिओ बिक्री गरेको थियो।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ मूल्यका १ लाख २१ हजार ८६८ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।



