साउन ५,काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्नु भएको छ। सुनतस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने भन्दै उहाँले माग गर्नु भएको हो।
अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुनेउहाँको भनाई छ। प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ।
यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ। सुरक्षा गृहमन्त्रालय मतहत छ। दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले भन्नु भयो,‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो। यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ।’
दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उहाँले बताउनु भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो।



