साउन ५,काठमाडौं : आज शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ। हिजो बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २सय ५० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।



