२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग

images

  • २०८० साउन ४, बिहीबार
  • 801
    SHARES
  • बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग

     साउन ४,काठमाडौं: नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ ।

    बैठकको तेस्रो दिन बिहिबार प्रस्तुत एजेण्डाबारे आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग राख्नुभएको हो ।


    केन्द्रीय सदस्य सिवाकोटीले खाणप्रति अन्याय भएको भए कांग्रेस सरकारबाट हट्नुपर्ने होइन् भने तत्काल पार्टीबाट निलम्बन गर्नुपर्ने धारणा राख्नुभयो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणबारे पार्टीमा देखिएको द्विविधाले राम्रो नगर्ने जिकिर गर्दै उहाँले जारी बैठकबाट भ्रमपूर्ण सन्देश प्रसार हुन नहुने बताउनुभयो । बुधबारको बैठकमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा लगायत केही केन्द्रीय सदस्यले भने पूर्वगृहमन्त्री खाँणको बचाउमा धारणा राखेका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ