२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्सेमा सामान्य अंकको गिरावट

images

  • २०८० साउन ४, बिहीबार
  • 951
    SHARES
  • नेप्सेमा सामान्य अंकको गिरावट

    साउन ४,काठमाडौं : आज नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १.३२ अंक घटेर २१६३.९३ विन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि सामान्य गिरावट आएको छ।


    आज बजारमा २६४ स्टकको ५४ हजार ९५४ पटकको कारोबारमा ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ। आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। आज नेप्सेमा ८८ कम्पनीको सेयरमूल्य  बढेको छ भने १२३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। 

    आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज १.३९ प्रतिशत बढेको छ। आज म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशतभन्दा बढी घटेको छ।

    photo20.JPG

    नेप्से सामान्य अंक ओरालो लागेपनि आज २ कम्पनीको मूल्य सकारात्मक सर्किट लागेको छ जसमा विशाल बजार कम्पनी र लिवर्टी इनर्जी कम्पनी रहेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा सिटिजन म्युचुअल फण्ड २ र कुमारी इक्विटी फण्ड रहेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।

    photo200.JPG

    शिवम् सिमेन्ट्सको सर्वाधिक १४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सोल्टी होटलको साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ