२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यमा नयाँ रेकर्ड

images

  • २०८० साउन ४, बिहीबार
  • 1.2K
    SHARES
  • सुनको मूल्यमा नयाँ रेकर्ड

    साउन ४,काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो।

    आज तेजाबी सुन पनि प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो। आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ। बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ