साउन २,काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवशको सप्ताहव्यापी “पुष्पलाल जानि राखौँ कार्यक्रम आयोजना गरेको छ। अनेरास्ववियु लमजुङ जिल्ला कमिटिले यस कार्यक्रम आयोजना गरेको हो।
नेपालको बाम आन्दोलन ,पुष्पलाल र अनेरास्ववियुलाई चिन्ने र बुझ्ने अबसर नेपाली जनताले पाउछन भन्ने उदेश्यले यो कार्यक्रम गरिएको अनेरास्ववियु लमजुङ जिल्ला कमिटीका सह सचिव ओम प्रकास गुरुङले जानकारी दिनु भयो।
उहाँले पुष्पलाल जानि राखौँ प्रतियोगितामा जुनसुकै उमेर समुहका व्यक्ति सहभागी हुन सक्ने बताउनु भएको छ । सहभागीहरुले नियम र मापदण्ड पुर्याएर सोधिएका प्रश्नको सहि जवाफ दिन सकेमा सोहि बिजेतालाई प्रत्यक्ष गोलाप्रथाद्वारा आकर्षक पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनु भयो।
यस कार्यक्रममा भाग लिन सहभागीले अनेरास्ववियु जिल्ला कमिटी लमजुङको फेसबुक पेजलाइ अनिवार्य Like र Follow गर्नुपर्ने र पोष्ट शेयर गरेर कमेन्टमा २ जना आफ्नो साथीहरूलाई मेन्सन गर्नुपर्ने आयोजकले जनाएको छ ।



