असार ३१,काठमाडौं: संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ।
संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९र८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।
सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।




