असार ३१,काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा पहिलो चरणको आईपीओ निष्काशन खुला आजबाट खुला भएको छ। इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।
पहिलो चरण अर्थात नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुले यस आईपीओमा आवेदन दिन सक्नेछन। इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो।
जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रति सेयर १०० रुपैयाँ यस कम्पनीका कर्मचारीहरुका लागि छुटाएको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन २ चरणमा निस्कासन गरिनेछ।
इन्स्योरेन्सले कुल निष्काशन गर्न लागेको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दोस्रो चरणमा खुल्नेछ।
कहिलेसम्म दिने आवेदयो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ता सेयरका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।



