२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक आजै पारित गर्ने तयारी

images

  • २०८० असार ३१, आइतबार
  • 866
    SHARES
  • मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक आजै पारित गर्ने तयारी

    असार ३१,काठमाडौं: मिटरब्याज पीडितलाई न्याय दिन सरकारले ल्याएको संशोधन विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने तयारी गरिएको छ।अनुचित लेनदनमा कारबाही गर्ने व्यवस्था समेटिएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्न लागिएको हो। सरकारले ल्याएको उक्त संशोधन विधेयकमा तोकिएभन्दा बढी ब्याज लिइएको पाइए ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था छ।

    त्यस्तै, अनुचित लेनदनेको आधारमा ऋणीबाट रकम वा चलअचल सम्पत्ति केही लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा सम्पत्ति बराबरको रकम कसुरदारबाट भराइदिनुपर्ने व्यवस्था छ।

    कानून मन्त्री धनराज गुरूङले उक्त संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नेछन्। सरकारले यसअघि मिटरब्याज पीडितलाई न्याय दिन भन्दै अनुचित लेनदनमा कारबाहीको व्यवस्था समेटेर अध्यादेश ल्याएको थियो।

    उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले राष्ट्रिय सभामा विधेयक प्रस्तुत गरेको थियो। राष्ट्रिय सभाबाट उक्त प्रतिस्थापन विधेयक पारित भए पनि ६० दिनभित्र प्रतिनिधि सभाबाट पारित नहुँदा अध्यादेश निष्क्रिय भएको थियो। सरकारले सोही प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित गर्न लागेको हो। प्रतिनिधि सभाको बैठक आजै १ बजे बस्दैछ।


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ