असार ३१,काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुने भएको छ। सोमबारदेखि बैंककमा हुने बिमस्टेक विदेश मन्त्रीस्तरीय बैठकमा दुई मन्त्रीबीच भेटवार्ता हुने भएको हो।
श्रोतका अनुसार उनीहरुबीच साईडलाईन वार्ता हुने बताइएको छ। परराष्ट्र मन्त्री बनेपछि साउद र जयशंकरबीच दोस्रो साइडलाईन वार्ता हुने भएको हो। यसअघि बांग्लादेशमा भएको इन्डिया फाउण्डेशनको कार्यक्रममा दुई मन्त्री बीच अनौपचारिक भेट भएको थियो।
जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय विदेश मन्त्री जयशंकर अमेरिका भ्रमणमा थिए। त्यो भ्रमणको क्रममा उनीहरुबीच भेटघाट भएको थिएन। बैंककमा हुने अनौपचारिक भेटघाटमा दुई देशको सम्बन्धको विषयमा कुराकानी हुने बताइएको छ।



