२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री साउद

images

  • २०८० असार २८, बिहीबार
  • 1.0K
    SHARES
  • राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री साउद

    असार २८, काठमाडौं

    असार २८,काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने  बताउनु भएको छ। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेतगरी ७ स्थानमा राजदूत रिक्त रहेको र ती ठाउँमा नियुक्तिका लागि उच्च तहमा छलफल भइरहेको बताउनु  भएको छ।

    राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै  उहाँले  नियुक्ति प्रक्रिया तत्काल टुंगिने  बताउनु भयो। मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका दाबी  गर्नु भयो।

    विदेशमा रहेका नेपालीहरुको हक हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ