२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रुपमा अगाडि बढाउन जरूरी  छ : अर्थमन्त्री डा.महत

images

  • २०८० असार २६, मंगलबार
  • 1.3K
    SHARES
  • नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रुपमा अगाडि बढाउन जरूरी  छ : अर्थमन्त्री डा.महत

    असार २६,काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनु भएको छ। मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषय सामाजिक सम्वाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    वित्तीय संस्थाले सुविधा मात्र नखोजी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्वनियमनमा बस्न सके अर्थतन्त्र समेत स्वास्थ्य प्रतिस्पर्धाको बाटोमा जाने उहाँको भनाइ छ। वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनु पर्नेमा मन्त्री डा. महतले जोड गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ। वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी छ।

    २०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको भन्दै उहाँले  बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको बताउनु भयो। बैंक र वित्तीय संस्थाहरुले कार्यपद्धति अन्तर्राष्ट्रियस्तर अपनाउनु पर्ने भन्दै उहाँले उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्नु पर्ने समेत बताउनु भयो। 

    निजी क्षेत्रका बैंक समेत निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न सफल भएको भन्दै अर्थमन्त्री महतले नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रुपमा अगाडि बढाउन जरूरी रहेको बताउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ