२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

असार २९ देखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार

images

  • २०८० असार २६, मंगलबार
  • 1.2K
    SHARES
  • असार २९ देखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार

    असार २६, काठमाडौं : लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जरपछि असार २९ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन्। मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो।

    यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्। मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो। असार २९ गतेदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन बन्द गर्ने जानकारी दिएका छन्। मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै भवनमा रहने छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ