२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्सेमा सामान्य अंकको गिरावट

images

  • २०८० असार २६, मंगलबार
  • 1.2K
    SHARES
  • नेप्सेमा  सामान्य अंकको गिरावट

    असार २६, काठमाडौं : आज नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.७३ अंक घटेर २०७२.२४ विन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको छ।

    हिजो सोमबार साढे ३ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज २८३ स्टकको ५४ हजार ९४३ पटकको कारोबारमा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको छ।आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। 

    july11.png

    नेप्से सामान्य अंक ओरालो लागेपनि आज ३ कम्पनीको मूल्य सकारात्मक सर्किट लागेको छ जसमा हिमालयन पावर पार्टनर, एनआईबिएल समृद्धि फण्ड २ र रावा इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ। त्यसैगरी, आज लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा सिंगटी हाइड्रो इनर्जी, श्वेत गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर रहेको छ।

    हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवम् सिमेन्ट्सको साढे १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको साढे १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    आज सेन्सेटिभ इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४२ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक यस दिन २.९९ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ