२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने भएपछि संसदको अवरोध खोल्न एमाले तयार

images

  • २०८० असार २५, सोमबार
  • 1.2K
    SHARES
  • प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने भएपछि संसदको अवरोध खोल्न एमाले तयार

    असार २५, काठमाडौं : संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो।

    तीन नेताको छलफलपछि बसेको एमाले संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी  दिनु भयो  

    एमाले संसदीय दलको बैठकमा ओलीले तीन नेताबीच भएको छलफलबारे जानकारी गराएका थिए। प्रमुख सचेतक गिरीका अनुसार ओलीले संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने जानकारी गराएका थिए।

    १८ असारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिपछि एमालेले राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ